बितेको २४ घण्टामा१३१३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

९ आश्विन २०७७, शुक्रबार १७:०७ प्रकाशित

काठमाडौं ९ आश्विन :
बितेको २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा ४५३ महिला र ८६० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १,४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९ आश्विन २०७७, शुक्रबार १७:०७  मा प्रकाशित

Write your Comment