बितेको २४ घण्टामा १५५१ जना कोरोना संक्रमित,२३४० जना संक्रमणमुक्त

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

काठमाडौं २०आश्विन :

बितेको २४ घण्टामा नेपालमा १५५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा  १५५१ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १०१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका छन् ।

२०७७ आश्विन २०, मंगलबार  मा प्रकाशित

Write your Comment