कोरोना संक्रमित भएको दिन

३० आश्विन २०७७, शुक्रबार १२:४२ प्रकाशित

विभिन्न कामको सिलसिलामा जनताको काम र कार्यक्रमहरूमा जाने क्रममा मलाई भाद्र २४ गते कोरोना सङ्क्रमण भयो। त्यस अघि भाद्र १६ गते इलाका प्रहरी कार्यालयमा स्थानीय साथीहरूको मुद्दाको विषयमा र केही जनताको समस्याका विषयमा गएको थिएँ, भाद्र १७ गते म परवानीपुरमा पार्टीको बैठकमा सहभागी भएको थिएँ, १८ गते एकजना बिरामी भएर वीरगंज अस्पतालमा भेट्न गएको थिएँ, १९ गते नेकपा परवानीपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएपछि सोही दिन औराहामा श्रद्धाञ्जली कार्यक्रममा समेत सहभागी भइरहँदा मलाई रुघा लागेर असहज महसूस भयो। त्यसपछि घर आएँ भोलिपल्ट पिसिआर गराउने निधो गरें। भाद्र २१ गते मेरो पिसिआर परीक्षणका लागि नमूना सङ्कलन भई २४ गते आएको रिपोर्टमा ममा कोरोना सङ्क्रमण भएको जितन ठाकुरबाट जानकारी पाएँ। त्यस लगत्तै मैले सामाजिक सञ्जालबाट मलाई कोरोना सङ्क्रमण देखिएकोले केही दिन यता मेरो सम्पर्कमा रहका व्यक्तिहरूलाई स्वास्थ्य सतर्कता अँगाल्न आग्रह गरें। त्यसलगत्तै मलाई फोन, म्यासेन्जर र सामाजिक सञ्जालबाट मेरा आफन्तजन मित्रहरू र म सम्बद्व पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वास्थ्यलाभको कामना गरे। मलाई लागिरहेको थियो म सङ्क्रमित भएपछि मेरो घरमा कोही आउँदैन होला, सबै मुख फर्काएर हिंड्छन् होला, तर त्यस्तो भएन।


मलाई सङ्क्रमण भएको सूचना पाउनेबित्तिकै सिमराका युवाहरू श्रीराम रेग्मी र राजकुमार न्यौपाने घरमा आएर ‘आत्तिनुपर्दैन, सिम्पटम केही छैन, अहिले त जाँच गराउने जसलाई पनि देखिइरहेको छ भनेर सान्त्वना दिए। बेलुकीपख नेकपाका केन्द्रीय सदस्य दिनेश राईले घरमैं आएर कोरोना छिटै जितिन्छ आत्तिनुपर्दैन केही समस्या भए खबर पाउँ भनेर उत्साह पैदा गरे। त्यसैगरी साँझ नेकपा प्रदेश कमिटीका सदस्यहरू हरि चौलागाईं र गीता कँडेलले तपाईंहरूलाई त समस्या हुँदैन, ७६ वर्षकी आमा हुनुहुन्छ जो क्यान्सरबाट पीडित हुनुहुन्छ, उहाँलाई स–र्या भने समस्या हुन्छ, भोलि नै आमाको पिसिआर गराउनुस्, हामी आफ्नो घर लैजान्छौ भनेर आग्रह पनि गरे। यस्तो खालको रोग सबैलाई लाग्न सक्छ कुनै चिन्ता नगर्न हौसला दिए। त्यसको भोलिपल्ट भाद्र २५ गते बिहान परवानीपुरका युवा भाइ राम यादव र सतेन्द्र यादव स्वास्थ्य सामग्री लिएर र महिला नेतृ कमला घिमिरे सङ्क्रमितले खान हुने पोषिलो खानेकुरा लिएर मलाई भेट्न आए र निजगढबाट माधव न्यौपाने जीले पनि आवश्यक चीज पठाइदिए। त्यसैगरी परवानीपुरबाट सोचन यादव, रामक्षत्री पटेल, मविन आलम, श्याम साह, सिमराका स्वराव शेख, उद्धव अधिकारी, दिउँसो हरिदेव खरेल र उनकी धर्मपत्नी, साँझ नेपाली कांग्रेसका नेता छविलाल शर्मा र गीता शर्माले घरमैं आएर स्वास्थ्यबारे जानकारी लिएका थिए।
नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जय साहले मलाई भेटेर आफू पनि केही समय पहिले सङ्क्रमित भएको र स्वास्थ्यमा समस्या भएका कारण धरानमा उपचार गराएको अनुभव सुनाउँदै न आत्तिन हौसला प्रदान गरे।


२५ गते आमा र परिवारको पिसिआर गर्न क्वारेन्टाइनसम्म जानुपर्ने थियो। आफूसँग साधन नभएकोले केही समस्या सिर्जना भएपछि मैले वडा सदस्य धनबहादुर श्रेष्ठलाई आग्रह गरें। उनले साधन पठाइदिएपछि पिसिआर गर्न जान सहज भएको थियो।
२५ गते आमा र पत्नी रिताको स्वाब नमूना रिपोर्ट भाद्र ३० गते आउँदा पोजेटिभ आएको प्राथमिक स्वास्थ्य केन्द्र सिमराकी डा. मञ्जु रोयले जानकारी गराइन्। रिपोर्ट पोजेटिभ आएको जानकारी पाएपछि मेरा हातखुट्टा शिथिल भए, मेरो दिमागले कामै गर्न छोड्यो। आमाको ७६ वर्षको उमेर, त्यसमा एक वर्ष पहिले मुखको क्यान्सरको अप्रेशन गरेको, बा–र्ह महीना स्नोफिलियाको औषधि खानुपर्ने अवस्थामा कसरी कोरोनासँग लड्ने, मलाई धेरै चिन्तित बनायो। हामीले घरमा सल्लाह ग–यौं आमालाई भन्ने कि नभन्ने भनेर। डा. नीरज सिंह र डा. मञ्जु रोयसँग पनि सल्लाह गरेर आमालाई पोजेटिभ रिपोर्ट आएको जानकारी नगराउने निधो भयो। “आमा स्वाबको नमूना नाकबाट मात्र निकालेको हुनाले सन्देह भएछ, फेरि अर्काेपटक गर्नुपर्छ।”
अब सबैको एकैचोटी गर्नुपर्ला। त्यसपछि आमाले क्यान्सरजस्तो रोगले त मलाई केही गर्न सकेन, कोरोनाले के गर्न सक्छ भनेपछि हामीमा हिम्मत आयो हामीले सिङ्गो घरलाई नै आइसोलेशन बनायौं। कन्ट्याक्ट ट्रेसिङमा छोरा ओमको पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आयो। चारजना सदस्य रहेको परिवारमा तीनजना पोजेटिभ र एकजना नेगेटिभ भएकोले स्वास्थ्य सुरक्षा अपनाएर सबैजना घरमैं बस्यौं।
हामी तीनैजना सङ्क्रमित छौं भन्ने कुरा मैले छरछिमेक सबैलाई जानकारी गराइसकेको थिएँ। घरमैं आवश्यक सामान आफन्त र छरछिमेकी बिर्जापति चौधरी मेडम, राम सिलवाल दाइ, दिपेन्द्र दंगाल, प्रदिप गिरी, इब्राहिम दाइ, विपिन, बिपेस आचार्यबाट उपलब्ध भइरहेको थियो। हामीले आश्विन ४ गते तीनैजनाको पिसिआर गरायौं। पिसिआर रिपोर्ट नेगेटिभ आयो। त्यसबीच हामीलाई होम आइसोलेशनमा भेट्न आउने क्षेत्रबहादुर श्रेष्ठ, राजन पौडेल, गोकुल अधिकारी, कर्ण थापा, शोभा कार्की, लेखनाथ खतिवडा, रेशम न्यौपाने, यमनाथ ढकाल, हरि जमकट्टेल, राजमणि बराल, सञ्चारकर्मीहरू अनिल तिवारी, विदुर खडका, शारदा पोखरेल, मनोज साह,महिला सहकारीकी मुना खरेल, निर्मला सुवेदी, अधिवक्ता दामोदर पौडेल, रत्न उप्रेती, ईश्वर थपलिया , दिलीप दाहाल,अमरनाथ गिरी,स्वागत कुवर,रिषी गौतम र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। कोरोना सङ्क्रमित हुनेहरू बिरामी होइन, सङ्क्रमित मात्रै हुन्, उनीहरूलाई हेला होइन माया गरौं, नजीक जाँदा स्वास्थ्य सतर्कता अपनायो भने कुनै समस्या हुँदैन भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु। कसैले पनि सङ्क्रमितलाई हेला नगरौ, मुख फर्काएर नहिंडौं, यस्तो सङ्क्रमण जोसुकैलाई हुन सक्छ हामीले दिएको माया सद्भाव र शुभकामनाबाट नै कुनै औषधिविना कोरोनालाई जित्न सकिन्छ।  -बारा,सिमरा

३० आश्विन २०७७, शुक्रबार १२:४२  मा प्रकाशित

Write your Comment