खेलाडीहरूको हौसला प्रदान गर्न सरकारले नयाँ कार्यक्रम ल्याउनुपर्छ -पूर्व खेलकुद मन्त्री पौडेल

१५ कार्तिक २०७७, शनिबार १९:५६ प्रकाशित

बारा १५ कार्तिक :
नेपाल सितोरियो कराते संघ जीतपुर शाखा डोजोको आयोजनामा बाराको जीतपुरमा खेलाडीहरुको बेल्ट परीक्षा सम्पन्न भएको छ । कार्यक्रम नेकपाका नेता एवम् पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले खेल क्षेत्रको विकासको लागि सबै एक जुट भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सरकारले खेलको विकासको लागि बजेट विनियोजन गरी खेलाडी उत्पादनमा नयाँ आयाम थप्नु पर्ने कुरामा जोड दिनुभयो । खेलले नै नेपाललाई विश्वमा चिनाएको उल्लेख गर्दै खेलाडीहरूको हौसला प्रदान गर्नका लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिनुभयो । कराते प्रशिक्षक सुनिल साहले लिनु भएको बेल्ट परीक्षामा डोजोका सह–प्रशिक्षक मनोज कुमार साह, सानु पटेल, श्रीराम साह लगायतको उपस्थिति रहेको थियो । खेलाडीहरुले ग्रेडिङमा पम्से, स्पाइरिङ, बेसिक प्रदर्शन गर्नुका साथै आफ्नो दक्षता प्रदर्शन गरेका थिए ।
डोजो सह–प्रशिक्षक मनोज कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा बाराका अध्यक्ष अनिल श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती देवी चौधरी, जीतपुर गा.वि.स. का पूर्व अध्यक्ष देव नारायण चौधरी, जीतपुर नगर उद्योगवाणिज्य संघका अध्यक्ष संजय साह, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सचिव गुरुप्रसाद गौतम, तेक्वान्दो प्रशिक्षक बिजय शाह ठकुरी,समाजवादी पार्टीका घनश्याम गिरी,समाजसेवी अफताब आलम, महिला नेत्री सिता उप्रेती, देवी सापकोटा, तेक्वान्दो संघ बाराका उपाध्यक्ष राजकुमार लामा, युवा नेता संतोष सिंह, राजुराज गिरी, राष्ट्रिय युवा संघ बारा जिल्ला सह–संयोजक अर्जुन शर्मा लगायतको उपस्थिति रहेको थियो । ग्रेडिङ परीक्षामा रविन्द्र सहनी, धर्मेन्द्र मुखिया, राजाबाबु राउत, मेराज अन्सारीले उत्कृष्ट प्रदर्शन गर्न सफल भए ।
कार्यक्रममा युवा कलाकार प्रिती पासवानले सांस्कृतिक कार्यक्रम नृत्य समेत प्रस्तुत गरेकी थिईन् । समारोहमा अतिथि लगायत विशिष्ट अतिथिहरुलाई मायाको चिनो प्रदान समेत गरिएको थियो । लेट भिजन बोर्डिगं स्कुल र शहिद स्मारक एकेडेमी जीतपुरको सहयोगमा ग्रेडिङ परीक्षा सम्पन्न भएको हो ।

१५ कार्तिक २०७७, शनिबार १९:५६  मा प्रकाशित

Write your Comment