बितेको २४ घण्टामा थप २८२४ जनामा संक्रमण पुष्टि,उपत्यकामा नै १६२२ जना संक्रमित

१६ कार्तिक २०७७, आईतवार १६:५० प्रकाशित

काठमाडौं १६ कार्तिक :
बितेको २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ रहेको छ ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् ।

बितेको२४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२० जना रहेका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना रहेका छन् ।

१६ कार्तिक २०७७, आईतवार १६:५०  मा प्रकाशित

Write your Comment