बितेको २४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

१९ कार्तिक २०७७, बुधबार १६:४३ प्रकाशित

काठमाडौं १९ कार्तिक :
बितेको२४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी बितेको २४ घण्टामा कोरोना भाइरसका कारण ३० जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।

१९ कार्तिक २०७७, बुधबार १६:४३  मा प्रकाशित

Write your Comment