बकुलिया भेट्रानको उपाधि हेटौंडालाइ

२८ कार्तिक २०७७, शुक्रबार १५:३० प्रकाशित

बारा २८ कार्तिक :
बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ को बकुलियामा आयोजना गरिएको बकुलिया भेट्रान फुटबल प्रतियोगितामाको उपाधि हेटौंडा भेट्रानले हात पारेको छ । हेटौडा भेट्रान र फत्तेपुर भेट्रानको बिचमा सम्पन्न खेलमा हेटौंडाले १ का बिरुद्ध ३ गोल गरी जित हासिल गरेको हो । कार्यक्रममा प्रथम हुने समूहलाई २० हजार र दोश्रोलाई १० हजार सहित सिल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बकुलिया क्याम्पसका अध्यक्ष देवनारायण चौधरीले सरकारले खेल क्षेत्रमा ध्यान पूराउनुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा बाराका नेता मनोज पौडेलले स्थानीय सरकारको ध्यान खेल र खेलाडीको संरक्षणका र खेल क्षेत्रको पूर्वाधार निर्माणमा हुनु पर्नेमा त्यसो नभएकोमा दुख व्यक्त गर्दै सबै खेलाडीहरु एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो । क्लबका अध्यक्ष कृष्ण चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भोजपुरी भाषाका आशुकवि हृदय नारायण चौधरी, युवा समाजसेवी दिपेन्द्र चौधरीलगायतले विजयी समुह बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा बकुलिया निबासी राष्ट्रिय फुटबल खेलाडी अजय चौधरीलाई नगद तथा प्रमाण पत्रले सम्मानित गरिएको थियो ।

२८ कार्तिक २०७७, शुक्रबार १५:३०  मा प्रकाशित

Write your Comment