९२८७ जनामा परीक्षण गर्दा १३४३ जनामा कोरोना संक्रमण/९ जनाको मृत्यु

१८ मंसिर २०७७, बिहीबार १७:४० प्रकाशित

काठमाडौं १८ मंसिर :

बितेको २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२८७ पीसीआर परीक्षणमा १३४३ जना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २१११ रहेको छ भने ९जनाको मृत्यु भएको छ । हालसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म १५५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१८ मंसिर २०७७, बिहीबार १७:४०  मा प्रकाशित

Write your Comment