बितेको २४ घण्टामा १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२३ मंसिर २०७७, मंगलवार १६:५१ प्रकाशित

काठमाडौं २३ मंसिर :
बितेको २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ ।

२३ मंसिर २०७७, मंगलवार १६:५१  मा प्रकाशित

Write your Comment