बितेको २४ घण्टामा ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२७ मंसिर २०७७, शनिबार १८:२९ प्रकाशित

काठमाडौं २७ मंसिर :
बितेको २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् भने १६८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२७ मंसिर २०७७, शनिबार १८:२९  मा प्रकाशित

Write your Comment