९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

३० मंसिर २०७७, मंगलवार १७:३० प्रकाशित

काठमाडौं ३०मंसिर :

बितेको २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

बितेको २४ घण्टामा १९९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ

३० मंसिर २०७७, मंगलवार १७:३०  मा प्रकाशित

Write your Comment