बितेको २४ घण्टामा ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

४ पुष २०७७, शनिबार १९:३७ प्रकाशित

काठमाडौं ४ पौष :
बितेको २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने १ हजार ७७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ८ हजार ८४० संक्रिय संक्रमित छन् ।
४ पुष २०७७, शनिबार १९:३७  मा प्रकाशित

Write your Comment