बारा १२ पौष :
नेपाल कम्युनिष्ट पार्टी नेकपा बाराको आयोजना बाराको कलैयामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । पौष १४ गते कलैयामा आयोजना हुने बिरोध रर्याली तयारीका लागि आज कार्यकर्ता भेलाको आयोजना गरीएको हो । नेकपा स्थायी कमिटी सदस्य तथा पुर्व शिक्षा मन्त्रि गिरीराजमणि पोखरेलले प्रधानमन्त्री ओलीका कारण देश संकटको भुमरीमा बसेको बताउनु भएको छ । उहाँले जनताले दिएको दुइतिहाइ मतको प्रधानमन्त्री ओली अपमान गरेको भन्दै संसद बिघटन गर्ने ओलीको कदम असंवैधानिक भएकोले त्यसको बिरुद्धमा लाग्न कार्यकर्ता लाइ निर्देशन दिनु भयो । नेपालको संबिधान लाई देखाउदै पुर्व मन्त्री पोखरेलले भन्नुभयो ” संबिधानले प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार दिएको छैन ” उहाँहरुले टेक्नु भएको संबिधान को धाराबाट संसद बिघटन हुनै सक्दैन । नेता पोखरेलले प्रधानमन्त्री ओली निरंकुश ता तर्फ अगाडी बढेकोले त्यसलाई रोक्न सडक संघर्षमा जानु परेको स्पष्ट पार्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपाका नेता पूर्वमन्त्री पुरुषोत्तम पौडेलले पार्टीको निर्णय मान्दिन भन्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै जनताले दिएको झण्डै दूई तिहाईको मत केपि ओलीको नभएर एमाले र एमाओवादी केन्द्रका लागि दिएको स्पष्ट पार्नुभयो । उहाँले निरंकुश बन्ने अधिकार नेकपाका कुनैपनि नेता तथा कार्यकर्ता लाइ बधानले नदिएको उल्लेख गर्दे निरंकुशता बिरुद्ध लाग्न कार्यकर्ता लाइ आग्रह गर्नुभयो । नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको सभापतित्व र मनोज पौडेलको सहजिकरणमा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रीय तथा बारा सह इन्चार्ज गोपाल ठाकुर, केन्द्रीय सदस्य दिनेश राई, संबिधान सभाका सदस्य शिवचन्द्र कुशवाह,पुर्व जिबिस सभापति छठु प्रसाद यादव, संबिधान सभाका सदस्य बिमा कार्की लगायतले असंवैधानिक कदमका बिरुद्धमा एकजुट हुन आग्रह गर्नुभएको थियो । कार्यक्रममा स्वागत महमद समिउल्लाहले गर्नुभएको थियो ।