बितेको २४ घण्टामा ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१६ पुष २०७७, बिहीबार १७:३६ प्रकाशित

बितेको २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ५२ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् भने १८५६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१६ पुष २०७७, बिहीबार १७:३६  मा प्रकाशित

Write your Comment