संविधानको धारा नै उल्लेख नगरी संसद विघटनको निर्णय गरेको खुलासा

२ माघ २०७७, शुक्रबार १८:१६ प्रकाशित

काठमाडौं २ पौष :
मन्त्रिपरिषदले संविधानको कुनै धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको खुलासा भएको छ ।
पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर संविधानको कुन धाराअनुसार प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्ने निर्णयमा उल्लेख नै छैन ।
शंकरदास बैरागीले राष्ट्रपति कार्यालयका सचिवलाई सम्बोधन गर्दै गरेको चार पृष्ठको सिफारिस पत्रमा कतै पनि संविधानको धारा उल्लेख गरिएको छैन । ‘….नेपालको संविधान र संसदीय प्रणालकिो आधारभूत मर्म एवं मूल्यमान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनतासमक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने :
राष्ट्रपति कार्यालयले थप्यो संविधानको धारा
तर राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा विघटन गरेको जानकारी गराउँदा संविधानको धारा ७६ को उपधारा -१ र -७ तथा धारा ८५ लाई उल्लेख गरिएको छ ।
राष्ट्रपति कार्यालयले भने संविधानको धारा ७६ को उपधारा -१ र -७ तथा धारा ८५ तथा संसंदीय प्रणालीको आधारभूत मर्म एवं मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएको विभिन्न मुलुकहरुको अभ्ययास बमोजिम संघीय संसदको ……..मन्त्रिपरिषदको बैटकबाट निर्णय भई सोही बमोजिम सिफारिस भएकाले भनिएको छ ।

२ माघ २०७७, शुक्रबार १८:१६  मा प्रकाशित

Write your Comment