संसद बिघटन गर्ने ओलीको कदमले देशलाई अन्यौल,अस्थीरता र प्रतिगमन तर्फ धकेल्यो-खेलकुद महासंघ

६ माघ २०७७, मंगलवार २१:४९ प्रकाशित

काठमाडौं ६ माघ :
नेपाल खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघ बिच एकता प्रकृया पुरा गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालकाे प्रमुख आतिथ्यतामा महासंघको अध्यक्ष पुरुषोत्तम पौडेलको संयोजकत्वमा र सहसंयोजक शिव कोइराला ‘ज्वाला’ रहने गरी २०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा भएको छ ।
घोषणा सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष नेपालले प्रतिगमनका बिरुद्धमा संचालित आन्दोलनलाइ सफल पार्न सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो । जन आन्दोलनबाट प्राप्त अधिकारलाई गुम्नबाट बचाउन आवश्यक रहेको उहांको भनाइ थियो ।

सो भेला तथा बैठकमा अखिल नेपाल खेलकुद महासंघका इञ्चार्च गणेशमान पुन र सह-इञ्चार्ज कमरेड अजम्बर काङमाङ राईले शुभकामना व्यक्त गर्नुभएको थियो ।

महासंघको घोषित केन्द्रीय कमिटी वैठकले खेलकुदको विकासमा निरन्तर क्रियाशिल रहने प्रतिवद्धता जनाउदै विद्यमान खेलकुद नितीहरूलाई समय सापेक्ष परिमार्जन गर्ने,स्तरिय खेल-पूर्वाधारको विकासमा लगानी बढाउने ,खेलाडी उत्पादन , प्रशिक्षण , तालिम गरी व्यापक रूपमा प्रतियोगिताहरू सञ्चालन गर्न स्थानिय तहदेखि केन्द्रीय तहसम्म खेलकुदलाई चलायमान बनाउन अहिलेको न्युन वजेटमा व्यापक बढोत्तरी गर्न आवश्यकरहेकोले त्यसको लागि सरकारले खेलकुदमा कमसेकम एक प्रतिशत वजेट पुर्याउनको लागि जोडदार माग गर्ने निर्णय गरेको महासंघका संयोजक पुरूषोत्तम पौडेलद्वारा जारी गरीएको बिज्ञप्तिमा जनाइएको छ ।

महासंघको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको संसद विघटनले मुलुकलाई सङ्कटमा पुर्याउनुको साथै समग्र देशलाई अन्यौल, अस्थीरता र प्रतिगमन तर्फ डोर्याउने काम गरेको हुनाले अखिल नेपाल खेलकुद महासंघ यसको घोर निन्दा तथा भर्त्सना गर्दछ साथै प्रतिगमनलाई सच्याउन र जनताद्वारा निर्मित संविधान रक्षाको लागि नेपाली जनतासँगै रहेर सङ्घर्षमा सशक्त ढङ्गले सहभागिता जनाउने प्रतिवद्धता जाहेर गर्दछ संयोजक पौडेल द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै बैठकले महासंघका संयोजक पुरूषोत्तम पौडेलको नेतृत्वमा ५५१ सदस्यीय संघर्ष समिती गठन गर्नुका साथै निम्न संघर्षको कार्यक्रम अगाडि सारेको छ :

माघ ७ गते २ बजे भृकुटीमण्डप, काठमाडौंबाट सुरू हुने मोटरसाइकल र्यालीमा ५०० मोटर साईकल सहित सहभागी हुने निर्णय भएको छ ।

माघ ९ गते नेकपाले आयोजना गरेको विशाल जन-प्रदर्शनमा सहभागिता जनाउन निर्णय गरिएको छ ।

माघ ९ गतेको जन-प्रदर्शन पछि सवै केन्द्रीय सदस्यहरू तथा जिल्लामा रहनु भएका महासंघमा रहनु भएकाहरूले खेलकुद भेला, खेल कार्यक्रमहरू, खेल प्रदर्शनहरू समेत प्रतिगमन विरूध्द लक्षित गरी आयोजना गर्ने ।

६ माघ २०७७, मंगलवार २१:४९  मा प्रकाशित

Write your Comment