बितेको२४ घण्टामा १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२०७७ माघ २०, मंगलबार प्रकाशित

काठमाडौं २०माघ :

बितेको २४ घण्टामा १७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २ हजार ९४६ जनाको नमुना परीक्षण गर्दा ७१ जना महिला र १०० जना पुरुष गरी कुल १७१ जनामा सक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ जना पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३० जनाको मृत्यु भएको छ ।

Write your Comment