नेकपाले आयोजना गरेको आमहडताल सफल

२०७७ माघ २२, बिहिबार प्रकाशित

संसद बिघटनसहित संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले बिहीबार गरेको आमहडताल पुर्णरुपमा सफल भएको जनाएको छ ।
बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन, पसल, उद्योग धन्दा, कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहे । जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थीलगायतकाहरु बन्दका कारण प्रभावित भएका छन् । अतिआवश्यक ग्यास बुलेट,इन्धन बोकेका गाडीहरु आन्दोलनकारीले सिमराबाट छोडेका थिए ।
बन्दका कारण बाराका बिभिन्न स्थान बिहीबार विहानै देखि सुनसान देखिए । बन्द गराउन सडकमा निस्केका प्रचण्ड माधव समूहका आधा दर्जन कार्यकर्तालाई कलैयामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेकपा कार्यकर्ताले सडकमा नाराबाजी र प्रदर्शन गरेका थिए ।

Write your Comment