सांसद समिनाले छोडिन ओली क्याम्प,लागिन प्रचण्ड-माधव पक्षमा

२७ माघ २०७७, मंगलवार १९:५५ प्रकाशित

रौतहटबाट प्रतिनिधित्वगरेकी प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ समिना हुसेन ओली क्याम्प छाडेर प्रचण्ड–माधव पक्षमा फर्किएकी छन् ।

सांसद हुसेनले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनपछि सिंगो राष्ट्र ओलीको विपक्षमा उभिएका बेला आफुलाई समेत ओली पक्षले प्रलोभन देखाएपनि आफु त्यसको विपक्षमा रहेको स्पस्ट पारेकी छन् ।

उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै प्रचण्ड–माधव पक्षले जारी राखेको प्रतिगमनको विरोधमा हुने आन्दोलनमा सक्रिय हुने र अरु जनसमुदायलाई पनि सहभागी हुन अपिल गरेकी छन् ।

२७ माघ २०७७, मंगलवार १९:५५  मा प्रकाशित

Write your Comment