नेकपाले सिमरामा मनायो शहिद स्मृति तथा२६ औ जनयुद्ध दिवस

१ फाल्गुन २०७७, शनिबार १३:०९ प्रकाशित

बारा १ फागुन :
नेकपा जितपुरसिमरा उपमहानगर कमिटीको आयोजनामा शहिद स्मृति तथा २६ को जनयुद्ध दिवस  सिमरामा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । उपमहानगर कमिटीका अध्यक्ष कृष्ण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिनेश राई, जिल्ला सचिव तथा प्रदेश सभा सदस्य सुन्दर बहादुर बिश्वकर्मा, प्रदेश कमिटी सदस्यहरु जयराम दाहाल,हरि चौलागाई,गिता कंडेल,नेकपा बाराका नेता मनोज पौडेल,महिला नेतृ शिला खनाल लगायतले जनयुद्ध का उपलब्धिहरुका बारेमा आफना धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण धर्म बहादुर श्रेष्ठ र स्वागत मिनप्रसाद आपागाईले गर्नू भएको थियो । २०५२ साल फागुन १ बाट जनयुद्धसुरु भएको दिनलाई २६ को जनयुद्ध दीवसको रुपमा मनाइएको हो ।

१ फाल्गुन २०७७, शनिबार १३:०९  मा प्रकाशित

Write your Comment