भारतको सिक्किममा गएको भुकम्पको धक्का नेपालमा महशुस

२३ चैत्र २०७७, सोमबार २२:०० प्रकाशित

भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो । ‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झट्का महसुस भएको जानकारी पाएका छौं’, उहांले भन्नुभयो ।
भारतीय सञ्‍चार माध्‍यमहरुले भने बिहार, पश्चिम बंगाल तथा आसामसहित देशका कयौ राज्‍यमा भूकम्पको धक्का महसुस भएको जनाएका छन् ।

यस्तै बिहारको पटना, मोतीहारी,किशनगञ्ज, अररियामा पनि भूकम्पको धक्का महसूस गरिनुका साथै दार्जिङ समेत गरेर उत्तर बंगलाका कयौ जिल्लामा भूकम्पको झट्का महसूस गरिए छ ।

२३ चैत्र २०७७, सोमबार २२:००  मा प्रकाशित

Write your Comment