एमाले वरिष्ठ नेता नेपाल बीरगंजमा

२०७७ चैत्र २८, शनिबार प्रकाशित

बिरगंज २८ चैत्र :
नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वीरगंज आइपुग्नु भएको छ । नेकपा एमाले पर्साद्वारा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्न वरिष्ठ नेता नेपाल बिरगंज आउनु भएको हो । वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यतामा आज पर्सा जिल्ला भेलाको आयोजना हुनेछ, आजै नेकपा एमालेको पर्सा जिल्ला कमिटी समेत गठन हुने जनाइएको छ । नेकपा एमाले खनाल-नेपाल समूहले देशैभरी समानान्तर कमिटी बनाउने निर्णय गरेअनुरुप पर्सामा पनि नयाँ कमिटी बनाउन लागेको स्रोतले बताएको छ ।

Write your Comment