प्रदेश नं २ : हटाइए मण्डल बने एमाले संसदीय दलको नेता महतो

२९ चैत्र २०७७, आईतवार २१:४६ प्रकाशित

धनुषा२९चैत्र :

नेकपा (एमाले)ले प्रदेश नम्बर- २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डल लाई हटाएर शत्रुघन महतोलाई चयन गरेको छ ।

आइतबार संसदीय दलको कार्यालयमा बैठक बसेर१३ जना सांसदहरुले महतोलाई संसदीय दलको नेता चयन गरेका हुन् । नेता चयन गरिएको सहमति पत्र प्रक्रियागत रुपमा प्रदेश सभाका सभामुख सरोजकुमार यादवलाई बुझाइएको छ ।
त्यस्तै, बैठकबाट रवीन्द्र बैठालाई उपनेता, सुन्दर बहादुर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरिएको छ । करिब ६ महिनापछि सोमबार बस्न लागेको प्रदेशसभा बैठकअघि नेकपा(एमाले)ले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको हो ।
प्रदेश नम्बर- २ मा नेकपा एमालेका २१ जना सांसद छन् । जसमध्ये १३ जना सांसद नेपाल समुहमा लागेका छन् भने ८ जना सांसद ओली समूहमा छन् ।
सोमबार बस्ने प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलको नेताको भूमिका महतोले निर्वाह गर्नेछन् ।
त्यसयता नेकपाभित्र विवाद उत्पन्न भएपछि मण्डललाई हटाएर १९ जना सांसदले महतोलाई नेतामा चयन गरेका थिए । एमाले र माओवादी पुरानै नाममा फर्किंदा एमालेको संसदीय दलको नेता को हुने भन्ने अन्योल बढेको थियो ।
मण्डल र महतो दुवैले आफू नै दलको नेता रहेको दाबी गर्दै आइरहेका थिए । बैठकको एक दिनअगावै नेपाल पक्षका महतोलाई दलको नेतामा चयन गरेको छ ।
महतोलाई दलको नेतामा चयन गर्ने पत्रमा हस्ताक्षर गर्नेमा शत्रुधन महतो, रवीन्द्र बैठा, सुन्दरबहादुर विश्वकर्मा, सीता गुरुङ, नागेन्द्र यादव, हसिना खातुन, डिल्ली उप्रेती, बेची लुङ्गेली, मञ्जु यादव, प्रमोद यादव, मदनसेन श्रीवास्तव र अशोक यादवसहित १२ जना छन् भने गोविन्द न्यौपानेले फोनमार्फत सभामुखसमक्ष सहमति जनाएका हुन।

२९ चैत्र २०७७, आईतवार २१:४६  मा प्रकाशित

Write your Comment