जीतपुरसिमरा गोल्डकपमा बिहिबारको खेलमा बाग्मती युवा क्लब सर्लाही विजयी/आजको खेल बिजय युथ क्लब,हेटौंडा र सुदुरपक्षिम ११ स्पोर्ट्स क्लब,धनगढी बिच हुने

३ बैशाख २०७८, शुक्रबार ०८:०९ प्रकाशित

अनिश अधिकारी

सिमरा ३ बैशाख :

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा बिहिबार भएको खेलमा बाग्मती युवा क्लब , सर्लाही विजयी भएको छ । भरतपुर फुटबल क्लबलाई सडनडेथमा पराजित गर्दे सर्लाही विजयी भएको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले उत्कृष्ट प्रदर्शन गर्दा पनि बलले जाली भने चुम्न सकेन । निर्धारित खेल गोलरहित बराबरिमा सकिएपछि थपिएको ३० मिनेटको समयमा पनि दुबै टिमले गोल गर्न सकेनन् त्यसपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो। २-२ को बराबरीमा ट्राइब्रेकर सकिएपछी खेलको बिजेताका लागि सडेन डेथ सम्म कुर्न पर्यो।

पहिलो हाफको सुरुवाती मिनेटमा भरतपुरले मिड फिल्डबाट प्रहार गरेको बल क्रसबारको केही माथीबाट बाहिरिएको थियो।
दोस्रो हाफ अन्तिम तिर सर्लाहीले पाएको अबसरको सदुपयोग गर्न सकेन। सर्लाहीका गोलरक्षक अरुण भ्लोन आजको खेलको म्यान अफ द म्याच घोषित भए।

चैत्र ३१ बाट सुरु भएको गोल्डकप आगामि बैशाख ११ गते सम्म संचालन हुनेछ। १२ वटा टिमको सहभागिता रहेको यो प्रतियोगिताका प्रत्येक खेल फ्लड लाइटमा खेलाइनेछ।

प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ । यसका अतिरिक्त प्रतियोगितामा प्रत्येक दिन २ जना भाग्यशाली दर्शकले मोबाइल फोन प्राप्त गर्नेछन् , त्यस्तै खल्ती एप्सले प्रत्येक दिन एकजना एक्साइटेड दर्शकलाई २००० प्रदान गर्ने छ।
प्रतियोगिता अन्तर्गत शुक्रबार बिजय युथ क्लब , हेटौंडा र सुदुरपक्षिम ११ स्पोर्ट्स क्लब, धनगढीको बिच खेल हुनेछ । खेल बेलुका ५ बजे सिमरा रंगशाला , सिमरामा हुनेछ । खेलको टिकट दर रु. ५० कायम गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको टिकेटिङ पार्टनर खल्ती डिजिटल वालेटबाट टिकट काट्दा दर्शकले २०% क्यासब्याक पनि पाउनेछन् ।

३ बैशाख २०७८, शुक्रबार ०८:०९  मा प्रकाशित

Write your Comment