लुम्बिनीमा मन्त्री बनेका जसपाका ४ नेता निलम्बनमा/ राजीनामा दिन अल्टिमेटम

६ बैशाख २०७८, सोमबार २१:०४ प्रकाशित

जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव,सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गर्नुभएको हो ।

उहाँले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि बताउनुभएको छ ।

उहांले सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए ।

६ बैशाख २०७८, सोमबार २१:०४  मा प्रकाशित

Write your Comment