कोरोना संक्रमण बाट बिरगंजमा एक पुरुषको मृत्यु

७ बैशाख २०७८, मंगलवार ०९:३५ प्रकाशित

बिरगंज ७ बैशाख :

वीरगञ्जमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज-१४ बहुअरी बस्ने ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । ९ दिनअघि अस्पतालमा भर्ना भएका उनमा अन्य दीर्घ रोगसँगै कोरोना संक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि वीरगञ्जमा ६ जनाको मृत्यु भइसकेको छ । बिरगंज लाइ सरकारले अती प्रभावित शहरको सुचीमा राखेको छ ।

७ बैशाख २०७८, मंगलवार ०९:३५  मा प्रकाशित

Write your Comment