खेलकुद महासंघको नामै सुन्न नचहानेले संगठन र अध्यक्ष लाइ बदनाम गरे

११ बैशाख २०७८, शनिबार ०८:५९ प्रकाशित

काठमाडौं ११ बैशाख :
नेपाल खेलकुद महासंघले एक बिज्ञप्ति प्रकाशित गर्दै खेलकुद महासंघको साधारण सदस्यता समेत नभएका केही व्यक्तिहरूले नेतृत्वलाई वदनाम गर्ने उदेश्यले महासंघको विधानको खिल्ली उडाउदै सडकमा भेला भएर अध्यक्ष पुरूषोत्तम पौडेललाई कार्यवाही गरेको भ्रम छर्ने प्रयास गरेको जनाएको छ । महासंघका महासचिव धर्म कुमार श्रेष्ठद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा वैशाख ८ गते महासंघका अध्यक्ष पुरूषोत्तम पौडेलको अध्यक्षतामा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल खेलकुद महासंघ २०६६ सालमा स्थापीत वैधानिक संगठन हो । स्थापना कालदेखि नै यसको नेतृत्व अध्यक्ष पुरूषोत्तम पौडेलले गर्दै आऊनु भएको छ । २०६९ सालको महासम्मेलनवाट निर्वाचित महासंघको नेतृत्व निरन्तर देशको खेलकुद निती निर्माण र खेलकुदको विकाशमा महत्वपूर्ण योगदान गर्दै आई रहेको छ । हालै नेपाल खेलकुद महासंघको साधारण सदस्यता समेत नभएका केही व्यक्तिहरूले नेतृत्वलाई वदनाम गर्ने उदेश्यले महासंघको विधानको खिल्ली उडाउदै सडकमा भेला भएर अध्यक्ष पुरूषोत्तम पौडेललाई कार्यवाही गरेको भ्रम छर्ने प्रयास गरिरहेको सुनिन्छ । महासंघ यसको घोर भर्त्सना गर्दछ र यस अघिका दिनहरूमा महासंघको नाम समेत सुन्न नचाहने त्यस्ता अवाञ्छित तत्वहरूको भ्रममा नपरी आफ्नो कर्तव्य पथमा जुटिरहन र नेकोसको संगठनमा लागी रहन सवै सदस्य साथीहरूलाई हार्दिक आग्रह गर्दछौ बैठक पछि जारी बिज्ञप्तीमा भनीएको छ ।
त्यसैगरी महासंघका केही सदस्यहरू समेत महासंघ र महासंघका अध्यक्षलाई वदनाम गर्ने र यसलाई विभाजन गरी कमजोर वनाऊने अवाञ्छित गतिविधिमा संलग्न भएको पाईएकोले उपाध्यक्ष भरत केसी, सदस्यहरु मेघराज पौडेल, मानदेव हजरा , भिम ओली र शान्तामाया परियारलाई स्पष्टीकरण सोध्ने र प्राप्त स्पष्टीकरणका आधारमा अघि वढ्ने निर्णय पनि गरेको छ ।
यसैगरी वैठकले राष्ट्रिय संघहरूको जिम्मेवारी विभाजन गर्नुका साथै राष्ट्रिय संघहरूको वैठक तथा पुनर्गठन गर्ने समेत निर्णय गरेको छ ।

११ बैशाख २०७८, शनिबार ०८:५९  मा प्रकाशित

Write your Comment