नारायणी अस्पतालमा २८८ नमुना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि

१७ बैशाख २०७८, शुक्रबार १३:२७ प्रकाशित

बिरगंज २७ बैशाख :
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा २८८ नमुना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १७५ जना पुरुष र ४४ जना महिलारहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताउनुभयो । पिसिआर परीक्षणका लागि बिहीबार गरिएको नमुना संकलनमा ६०.७६ प्रतिशतमा स‌क्रमण देखिएको हो । संक्रमितहरु १० वर्षदेखि ७२ वर्षकारहेको र उनीहरूको सिटी भ्यालु १४.२ देखि ३५.२ रहेको छ ।
संक्रमित हुनेमा पर्साका १३१ जना, बाराका ३४ जना, रौतहटका ३ जना, सर्लाहीका ५ जना, महोत्तरी र दाङका १/१ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

१७ बैशाख २०७८, शुक्रबार १३:२७  मा प्रकाशित

Write your Comment