एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यादवको कोरोना संक्रमणबाट निधन

६ जेष्ठ २०७८, बिहीबार ०९:०६ प्रकाशित

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणका कारण निधन भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका ५२ वर्षीय यादवको उपचारकै क्रममा आज विहान निधन भएको एमालेले जनाएको छ ।

२०५६ सालको आम निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका यादव एमालेको केन्द्रीय सदस्य थिए ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ११ का बासिन्दा यादवले केही दिनअघि मात्र मुटुको शल्यक्रिया गरीएको थियो। उनका एक छोरा र एक छोरी छन् ।

एमालेभित्र मधेशका एक लोकप्रिय, निडर र हक्की स्वभावका नेता गुमाउनुपरेको नेता उपमहासचिव घनश्याम भुसालले बताएका छन् ।

६ जेष्ठ २०७८, बिहीबार ०९:०६  मा प्रकाशित

Write your Comment