थप ६६५३ जना संक्रमीत,८६६३ जना संक्रमणमुक्त,१०१ जनाको मृत्यु

२१ जेष्ठ २०७८, शुक्रबार १७:५४ प्रकाशित

बितेको २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ भने ८६६३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६६५३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । यस मध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।

२१ जेष्ठ २०७८, शुक्रबार १७:५४  मा प्रकाशित

Write your Comment