थप ५१५३ जनामा कोरोना संक्रमण, ६५७०जना कोरोनामुक्त,१०८ जनाको मृत्यु

२५ जेष्ठ २०७८, मंगलवार १७:१८ प्रकाशित

बितेको २४ घन्टामा नेपालमा ५१५३ जनामा कोरोना भाइरसको संक्रमणपुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७६७६ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
१२ हजार ६५ जनाको पिसीआर परीक्षणमा ३८७० र ५६११जनाको एन्टिजेन परीक्षणमा १२८३ जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार बितेको २४ घन्टाको अवधिमा मुलुकभरका विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका १०८ जना संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ। हालसम्म मुलुकभरमा ८०९८ जनाको मृत्यु भइसकेको छ।
यस्तै ६५७० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। यो सँगै ५ लाख ४ हजार ५३० जना संक्रमण मुक्त भइसकेका छन्।मन्त्रालयका अनुसार हाल ९० हजार ८ सय ३४ जना सक्रिय संक्रमित देशभरकाआइसोलेसनमा उपचाररत छन् ।

२५ जेष्ठ २०७८, मंगलवार १७:१८  मा प्रकाशित

Write your Comment