युरो २०२० : बेल्जियम र फिनल्यान्डको विजयी सुरूवात

२०७८ जेष्ठ ३०, आईतबार प्रकाशित

काठमाडौं ३० जेष्ठ :
युरो २०२० को समूह ‘बी’ को खेलमा बेल्जियम र फिनल्यान्डले विजयी सुरुवात गरेका छन ।
बेल्जिमयले रसियामाथि ३-० गोलको जित निकाल्यो। बेल्जियमको जितमा लुकाकुले दुई गोल गरे।
उनले खेलको दशौं मनेटमा पहिलो गोल गरेका थिए। ३४ मिनेटमा मेउनियरले बेल्जियमको अग्रता दोब्बर पारे।
८८ मिनेटमा लुकाकुले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे।त्यसअघि डेनमार्कमाथि नवप्रवेशी टिम फिनल्यान्डले १-० गोलको जित निकाल्यो।
फिनल्यान्डको जितमा पोहान्पालोले ५९ मिनेटमा गोल गरे।
डेमनकार्काले ७४ मिनेटमा पाएको पेनाल्टी मिस गर्‍यो। डेनमार्कका इमिल होएबिएरको प्रहार लुकास ह्राडेच्कीले विफल पारेका थिए।
खेलका दौरान डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा एक्कासी ढलेका थिए ।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी छदा मैदानमा ढलेका उनको थप उपचारका लागि अस्पताल लगिएको थियो। झन्डै १५ मिनेटपछि होस आए पनि खेल अवरुद्ध भएका थियो।
दुवै टिमसँग आयोजक युइएफएले छलफल गरेपछि खेल साढे एक घन्टापछि सुचारू भएको थियो ।

Write your Comment