बरिष्ठ नेता नेपालद्वारा सिन्धुपाल्चोकका बाढीपीडितका लागि बारा पर्साले पठाएको राहत सामग्री हस्तान्तरण

७ असार २०७८, सोमबार १०:३९ प्रकाशित

काठमाडौं ७ आषाढ :
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्नुभएको छ। युवा संघको व्यवस्थापनमा संकलित राहत सामग्री नेपालले काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो ।

राहत वितरणका लागि संघका सचिव लक्ष्मण घिमिरेको नेतृत्वमा स्थायी कमिटी सदस्य अनिल भण्डारी गणेश रिजाल,बारा जिल्ला अध्यक्ष राम यादव, उपाध्यक्ष रामकुमार भट्टराई, कलैया उपमहानगर कमिटी अध्यक्ष हरि ओम साहलगायतका नेता तथा कार्यकर्ता सिन्धुपाल्चोक प्रस्थान गरेको युवासंघका केन्द्रिय उपाध्यक्ष नितेश पौडेललेले जानकारी दिनुभयो।

उहांका अनुसार राहत सामग्रीमा चामल दुई सय पाँच बोरा, चिउरा २० बोरा, चाउचाउ ४० कार्टुन, दालमोट ७० केजी, बिस्कुट पाँच कार्टुन, तेल १५ कार्टुन, मास्क दुई हजार पिस वितरण गरिने युवासंघका प्रवत्ता संजिव राईले जानकारी दिनुभयो । उहांका अनुसार केन्द्रीय कमिटीको नीतिअनुसार संघको बारा र पर्सा शाखाले यी सामग्री संकलन गरेर वितरण गर्न लागिएको हो । सो सामाग्री हस्तान्तरण कार्यक्रममा युवासंघका अध्यक्ष नरेश शाही लगायतको सहभागिता रहेको थियो । राहत सामग्री हिजै मेलम्ची गाउँपालिका अध्यक्ष मार्फत हस्तान्तरण गरिएको टोलीमा सहभागी आर के भट्टराईले जानकारी बताउनुभयो ।

७ असार २०७८, सोमबार १०:३९  मा प्रकाशित

Write your Comment