बारा १० आषाढ :
बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको मुटुको रुपमा चिनिएको भरत चोकको सडक हिल्लामे भएपछि नेकपा एमाले (खनाल-नेपाल समूह )निकट युवा संघ कलैया उपमहानगर कमिटीले विरोध स्वरुप धान रोपाइँ गरेको छ । पटक पटक स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेका कारण धान रोपाइँ गरेर बिरोध गर्नु परेको नगर कमिटी अध्यक्ष हरी ओम साहले बताउनुभयो । कलैया बारा जिल्लाको सदरमुकाम हो अन्य पालिका बाट पनि नागरिकहरू काम गराउन आउँछन् आउँदा गाडी फस्ने गरेको, मोटरसाइकल फस्ने गरेकोले स्वयं स्थानीयलाई नै लाज भएको र सम्बन्धित निकायले ध्यान नदिएका कारण आफूहरु विरोध स्वरुप रोपाई गर्न बाध्य भएको साहले बताउनुभयो । सो कार्यक्रममा जितेन्द्र साह,तारीफ अंसारी,राजु यादव लगायतको सहभागिता रहेको थियो ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


