नेपालमा थप २२९९ जनामा कोरोना संक्रमण,३४५१ जना संक्रमणमुक्त,३४ जनाको मृत्यु

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

काठमाडौं १८ आषाढ :
बितेको २४ घण्टामा मुलुकमा २२९९ जना कोरोना संक्रमण देखिएको छ । १० हजार ५९६ नमुना पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३४५१ जना संक्रमणमुक्त भएका छन् ।

कूल संक्रमित संख्या ६ लाख ४२ हजार ५३ (पीसीआर) पुगेको छ भने एन्टीजेन संक्रमित संख्या ३६ हजार ७५५ पुगेको छ । कूल मृतक संख्या ९१७९ पुगेको छ ।

२०७८ अषाढ १८, शुक्रबार  मा प्रकाशित

Write your Comment