लालबन्दी २० आषाढ :
सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । ७० वर्षीय बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिवार राति निधन भएको हो ।
गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवका अनुसार अध्यक्ष बर्मा लामो समयदेखि क्षयरोगबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि उनी ६ दिन अगाडि काठमाडौं पुगेर अस्पताल भर्ना भएका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका थिए । उनको शव गाउँमै ल्याएर हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

