एमाले कार्यदल बैठकपछि नेताहरूले भने समस्या समाधानको विन्दुमा

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

नेकपा एमालेका एकताका लागि गठिन कार्यदल सहमतिनजिक पुगेको छ । आजको बैठकपछि नेताहरूले सकारात्मक र समाधानउन्मूख छलफल भइरहेको बताए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले अब निष्कर्षमा पुग्न लामो समय नलाग्ने प्रतिक्रिया दिए ।

उनले भने, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २-४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।
हरेक दिनको बैठकमा प्रगति भइरहेको उनले उल्लेख गरे । सकभर आज बेलुकाकै बैठकमा समाधानमा पुग्ने प्रयास रहने उनको भनाइ छ ।

यसैगरि, ओली पक्षका नेता सुवास नेम्वाङले बाहिर चर्चा भएजस्तो अवस्था नभएको बताए । उनले भने, ‘बाहिरको चर्चामा विश्वास नगर्नुस् । वार्ता सकारात्मक छ ।

२०७८ अषाढ २४, बिहिबार  मा प्रकाशित

Write your Comment