राष्ट्रपतिको हत्यापछि हाइटीद्वारा युएन र अमेरिका संग सैन्य सहयोग माग

२६ असार २०७८, शनिबार ०९:५५ प्रकाशित

काठमाडौं २६ आषाढ :

राष्ट्रपतिको हत्यापछि हाइटीले देशका बन्दरगाह र विमानस्थलको सुरक्षामा मद्दतका लागि अमेरिका र युरोपेली युनियनसँग सैन्य सहयोगका लागि आग्रह गरेको छ ।

हाइटीका राष्ट्रपति जोभेनेल मोइजे बुधबार बिहान घरमै गोली हानी हत्या गरिएको थियो । राष्ट्रपतिको हत्यासँगै हाइटीमा राजनीतिक संकट पलाएको छ । पहिल्यैदेखि भोकमरी, सामूहिक हिंसा र कोरोना भाइरसको महामारीसँग जुधिरहेको हाइटी झन् ठूलो राजनीतिक संकटमा फसेको छ ।

यो संकटमा सहयोग गर्नका लागि हाइटी सरकारले विश्वका ठूला शक्ति केन्द्रसँग आह्वान गरेको हो । यद्यपि, अमेरिकाले भने सैनिक नपठाउने तर अनुसन्धान अधिकारीहरू र होमल्याण्ड सुरक्षा विभागका अधिकारीहरू हाइटी पठाउने शुक्रबार बताएको छ ।
यस्तै युरोपेली युनियनको सुरक्षा परिषद्ले आह्वान स्वीकार गरेपछि मात्र युएनको संरक्षणमा सैनिक पठाउने छ ।

२६ असार २०७८, शनिबार ०९:५५  मा प्रकाशित

Write your Comment