अझै सहमतिमा पुग्न सकेन एमाले कार्यदल,पुन भोली बस्ने

२०७८ अषाढ २६, शनिबार प्रकाशित

नेकपा एमालेको एकताका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । यद्यपि भोलिसम्म सहमतिमा पुर्‍याउने प्रयास हुने नेताहरुले बताउका छन् ।

शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । पार्टी एकतामा समस्या के थिए ? कसरी कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले भने, ‘भोलिसम्म सहमति गर्छौं । त्यसैगरी खनाल नेपाल समुह बार्ताटोली संयोजक भिम रावलले करीव धेरै बिषयमा सहमती भएको उल्लेख गर्दै बाकी रहेका बिषयमा भोली सम्म सहमतीको प्रयास गरीने बताउनुभयो ।

Write your Comment