माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्वाचन आयोगको निर्णय

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

काठमाडौं २७ आषाढ :
निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ ।

आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन’ आयोगको निर्णयमा भनिएको छ ।

हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्रको बैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिएका थिए ।

२०७८ अषाढ २७, आईतबार  मा प्रकाशित

Write your Comment