थप १,८७५ संक्रमित ,२१ जनाको मृत्यु, २,१६४ जना संक्रमणमुक्त

२ श्रावण २०७८, शनिबार १७:४७ प्रकाशित

काठमाडौं २ श्रावण :
नेपालमा बितेको २४ घण्टामा १,८७५ जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ (६,८५८ पीसीआर र ३,२०८ एन्टीजेन) नमुना परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।
शनिबारको संक्रमण दर १८.६२ प्रतिशत छ ।

शनिबार २,१६४ जना संक्रमणमुक्त भएका छन् । थप २१ जनाको मृत्यु भएको छ ।
संक्रमणमुक्त हुने दरमा वृद्धि भएसँगै शनिबार सक्रिय संक्रमितको संख्या घटेको छ । ३.९० प्रतिशत सक्रिय संक्रमित छन् ।

हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ। संक्रमितको कुल संख्या ७ लाख नाघेको छ । पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२ श्रावण २०७८, शनिबार १७:४७  मा प्रकाशित

Write your Comment