पार्टीलाई एकताबद्ध ढंगवाट अगाडी बढाउन एमाले बाराको आग्रह

४ श्रावण २०७८, सोमबार १८:२७ प्रकाशित

बारा ४ श्रावण :
नेकपा एमाले जिल्ला कमिटि बाराको आठौ बैठक आज बर्डहर्वामा सम्पन्न भएको छ । बैठकले जनताले आशा र भरोशा गरेको पार्टी भित्र अन्तर संघर्षले सबैतिर अन्योलता सिर्जना गरेको अवस्थामा नेकपा एमालेका सम्पुर्ण कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुलाई यसै जिल्ला कमिटिको नेतृत्वमा एकताबद्ध हुन आग्रह गर्दै केन्द्रमा समेत नेतृत्वलाई सहमती र एकताको निमित्त पहल गर्दै अगाडी बढ्न आग्रह गरेको नेकपा एमाले बाराका अध्यक्ष सुन्दर बिकले जानकारी दिनुभयो ।
यसैगरी बैठकले पार्टी सदस्यताका सम्वन्धमा पार्टी हित विपरित आधिकारिक कमिटि भन्दा फरक र पार्टी केन्द्रवाट अनुमोदित एकता कार्यदलको १० बुदेँ सहमतीका विपरित पार्टी सदस्यता नविकरण र वितरण कार्य भईरहेकोले त्यस्ता गतिविधि पार्टीको हित विपरित भएकोले त्यस्मा नलाग्न सम्पुर्ण पार्टी कार्यकर्ताहरुमा हार्दिक आवह्रान  गरेको साथै आधिकारिक कमिटिले बिधान सम्वद्ध ढंगले नविकरण प्रकिया अगाडी बढाउने एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले बताउनु भयो । त्यसै गरी बैठकले नेकपाका संस्थापक पुष्पलाल स्मृति दिवस यहि श्रावण ७ गते कलैयामा मनाउनका लागि पुष्पलाल स्मृति प्रतिष्ठानलाई जिम्मेवारी दिने निर्णय गरेको छ । सो कार्यक्रममा सबैलाई उपस्थितीका लागि समेत आग्रह गरिएको छ । बैठक जिल्ला कमिटिका अध्यक्ष सुन्दर बहादुर विश्वकर्माको अध्यक्षतामा पार्टीका केन्द्रिय सदस्य तथा बारा जिल्ला सह ईन्चार्ज दिनेशकुमार राई,पुर्व मन्त्री तथा ऐमालेका नेता पुषोत्तम पौडेलको उपस्थितीमा सम्पन्न भएको थियो । सो बैठक २०७५ जेठ २ अगाडी जिल्ला अधिवेशनवाट निर्वाचित कमिटिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । बैठकको सहजीकरण जिल्ला सचिव महमद समिउल्लाहले गर्नुभएको थियो भने स्वागत कार्यवाहक अध्यक्ष देब नारायण चौधरीले गर्नुभएको थियो ।
४ श्रावण २०७८, सोमबार १८:२७  मा प्रकाशित

Write your Comment