इजरायलले माग्यो हजार श्रमिकका लागि आवेदन

२०७८ श्रावण १२, मंगलबार प्रकाशित

इजरायलको मागबमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरिएको छ।

वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर सबै हजारै जनाका लागि आवेदन खुलाएको हो।

इजरायल जाने श्रमिकको उमेर हद २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरेर केयर टेकरसम्बन्धी तालिम लिएको वा अनमी/सीएएजस्ता विषय अध्ययन गरेको हुनुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ।

Write your Comment