कलैया १३ श्रावण :
बाराको पचरौतामा शंकास्पद अवस्थामा एक महिलाको शव भेटिएको छ ।
पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो । अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न सकेको छैन।
बाटोको छेउमै तलपट्टी खेतमा उत्तानो परेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
‘शरीरमा चोटपटक नदेखिएको र घाँटीमा सल बेरिएको साथै घटना शंकास्पद रहेकोले अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रदेश प्रहरी डग शाखा बर्दिबासबाट तालिमप्राप्त कुकुर ल्याएर समेत अनुसन्धान शुरु गरिएको उहाँलेले जानकारी दिनुभयो । स्थानीयले बुधबार बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।