करेन्ट लागेर महोत्तरी भंगाहामा एक जनाको मृत्यु

१३ श्रावण २०७८, बुधबार २१:२६ प्रकाशित

महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा भंगहा नगरपालिका–७ बस्ने १७ वर्षीय राजु पासवान हुन्।

काकाको घरमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। बर्दिबासमा उपचार क्रममा राजुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले बताए।

शवलाई पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

१३ श्रावण २०७८, बुधबार २१:२६  मा प्रकाशित

Write your Comment