मध्य भोटेकोशीले थप्यो आईपीओको म्याद कहिलेसम्म छ त समय ?

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि खुला गरेको आईपीओको म्याद थप गरिएको छ । कम्पनीले साउन ५ गतेदेखि १७ गतेसम्म निष्कासन गरेको शेयरको विक्री खुला अवधी बढाएको हो ।

कम्पनीले एक सूचना जारी गर्दै साउन ३२ गतेसम्मका लागि समयावधि थप गरेको जानकारी दिएको छ । कम्पनीले आवेदन माग गरेबमोजिम दरखास्त प्राप्त नभएको र प्रभावित क्षेत्रका वासिन्दाले केही समय थप गरिदिन गरेको आग्रहलाई मध्यनजर गरेर समय थप गरेको जानकारी दिएको छ ।

कम्पनीले प्रभावित क्षेत्र तथा सम्पूर्ण सिन्धुपाल्चोक बासीका लागि ४२ लाख कित्ता शेयर निष्कासन गरेको छ ।
यो समाचार नेपाल प्रेसमा प्रकाशित छ

२०७८ श्रावण १७, आईतबार  मा प्रकाशित

Write your Comment