१० अर्ब ९८ करोड बराबरको शेयर खरीदविक्री,लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण

१८ श्रावण २०७८, सोमबार २१:२९ प्रकाशित

साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव शून्य ६ अंकले बढेको छ ।

यो दिन नेप्से परिसूचक ३ हजार ८५ दशमलव शून्य ७ विन्दुमा पुगेको हो । योदिन २२६ ओटा कम्पनीको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयरको १ लाख ५ हजार ५७९ पटकमा रू.१० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका ती कम्पनीहरु मध्ये दुई ओटा कम्पनीको शेयरमूल्यमा सकनरात्मक सर्किट लागेको छ । यो दिन घलेम्दी हाइड्रोको र गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

ती दुबै कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । घलेम्दी हाइड्रोको शेयरमूल्य प्रतिकित्ता रू. ४२४ दशमलव ७० र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ११५ दशमलव ४० पुगेको हो । यो दिन अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएको छ ।

राम्रो मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गर्न थालेपछि लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण भएको हो । यो दिन फर्स्ट  माइक्रोफाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव शून्य ९ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक शेयर खरीदविक्री भने अरुण काबेली पावरको भएको छ । उक्त कम्पनीको रू. ३७ करोड ७५ लाख ४७ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

यो दिन शेयरमूल्य घट्नेमा नेपाल हाइड्रो डेभलोपर्स रहेको छ । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ३३ प्रतिशतले कमि आएको हो । सोमवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६०४ कायम भएको छ ।  यो दिन लघुवित्त कम्पनीका शेयरधनीले राम्रो नाफा कमाएका छन् ।

१८ श्रावण २०७८, सोमबार २१:२९  मा प्रकाशित

Write your Comment