एमाले स्थायी कमिटी बैठकको निर्णय : तीन वटै प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुने

४ आश्विन २०७८, सोमबार १९:२१ प्रकाशित

नेकपा एमालेको आज सप्पन्न स्थायी कमिटीको बैठकबाट तीनवटा प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । आइतबारदेखि सुरु भइ आज सम्पन्न बैठकमा विधान, संगठन र राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र सदस्यहरुको सुझाव समेतलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
एमालेको केन्द्रीय कमिटी बैठक असोज ८ र ९ गते बस्नेछ । केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावलाई समेटेर अन्तिम रुपदिइएको प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने भट्टराईले बताउनुभयो । यससँगै अब विधान महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नेगरी पार्टी पंक्ति लागिपर्ने उहाको भनाइ छ । स्थायी कमिटी सदस्यहरुले प्रतिवेदनमाथि लिखित तथा मौखिक सुझाव दिएको भट्टराईको भनाइ छ ।

४ आश्विन २०७८, सोमबार १९:२१  मा प्रकाशित

Write your Comment