एमाले केन्द्रीय कमिटी बैठक बस्दै

८ आश्विन २०७८, शुक्रबार ०८:३७ प्रकाशित

नेकपा एमाले केन्द्रीय कमिठीको बैठक आजदेखि बस्दैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा हुने बैठक भोलिसम्म चल्नेछ ।
बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः यही वैठकले यी सबै विषयहरु पारित गर्नेछ ।

नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा गरिने छ ।

८ आश्विन २०७८, शुक्रबार ०८:३७  मा प्रकाशित

Write your Comment