तेस्रो सिमरा भेट्रान कप २०७८ : फ्रेन्ड्स क्लब ललितपुरले जित्यो उपाधि

९ आश्विन २०७८, शनिबार २०:१३ प्रकाशित

बारा ९ आश्विन :

फ्रेन्ड्स क्लब ललितपुरले तेस्रो भेट्रान कप २०७८ को उपाधी जितेको छ । चावहिल भेट्रान काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै ललितपुरले उपाधी जितेको हो । गैरी खेल मैदानमा आज भएको फाईनल खेलमा ललितपुरका लागि जर्सि नम्बर ५ का जुमानु राईले २ गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक अनि रोमाञ्चक बनेको फाईनल खेलमा चावहिल भेट्रानले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपर्यो । प्रतियोगिताको बिजेता फ्रेन्ड्स क्लब ललितपुरले ५० हजार र उप बिजेता चावहिल भेट्रान काठमाण्डौले ३० हजार प्राप्त गरेको छ । प्रतियोगिता अन्र्तगत आजको म्यान अफ दि म्याच ललितपुरका जर्सि नम्बर ५ का जुमाई राई घोषित भए ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधी चावहीलका जर्सि नम्बर ११ सागर थापा घोषित भए । उनले प्रतियोगिता अवधीभर सर्वाधिक ५ गोल गर्न सफल भएका थिए । प्रतियोगिताको म्यान अफ द सिरिज सागर थापा, बेस्क किपर फ्रेन्ड्स क्लब, बेस्ट डिफेन्स फेन्डस क्लब र बेस्ट मिडफिल्डरको उपाधी चावहेल भेट्रानले प्राप्त गरेको छ ।
कोशेली युथ क्लबको आयोजनामा असोज १ गतेदेखि शुरु भएको प्रतियोगितामा २०वटा टिमको सहभागिता रहेको थियो । यसअघि प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले खेल क्षेत्रको विकासका निम्ति उपमहानगर प्रतिवद्ध रहेको बताउनुभयो । बिभिन्न समयमा आयोजना हुने यस्तो प्रतियोगिताले खेल क्षेत्रको विकासमा ठुलो भुमिका खेल्ने भन्दै उहाले उपमहानगरले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
‘यस्ता प्रतियोगिताले धेरै कुरामा परिवर्तन ल्याउछ, यसको प्रवद्र्धन र विकास गर्न आवश्यक छ’ उहाले भन्नुभयो । उहाले सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाइ नगर अस्पताल बनाउने प्रतिबद्धत व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता मनोज पौडेलले खेल क्षेत्रमको विकास गर्न उपमहानगरपालिकाले बिशेष योजना ल्याउन आग्रह गर्नु भयो । बारा जिल्ला स्वास्थ्य र शिक्षामा पछाडि परेको उल्लेख गर्दै नगर प्रमुख डा पौडेल अगाडि मन्त्बय राक्नु भएका एमाले नेता पौडेलले जितपुरसिमरा स्वास्थ्यको हिसाबले अत्यन्त नाजुक रहेको दृष्टान्त प्रस्तुत गर्दै सिमरा प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ सैयाको नगर अस्पताल बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै जनहित उपभोक्त समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्न खेल क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुवर, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य दिनेश राई,राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सत्य श्रेष्ठ, आर.एन ईन्टरप्राईजेज सिमराका सञ्चालक राजकुमार श्रेष्ठ,यु आर गोल्ड प्रिमियम मसला चियाका सञ्चालक उमेश चौलागाई, खेलप्रेमी उदय श्रेष्ठ, सिमरा भेट्रान सिमराका अध्यक्ष आरिफ हुसेन, उपाध्यक्ष समिर आले, युबा संघका उपाध्यक्ष आर के भट्टराई,नव दुर्गा युवा क्लबका अध्यक्ष हरि चौधरी, काग्रेसका युवा नेता आशिष श्रेष्ठ,भरत भुर्तेल,कृष्ण थाप लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगित संयोजक सोमलाल बोम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका सल्लाहकार रबिन्द्र खकुरेलले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रमकाबिच प्रतियोगिता सफल्तापुर्वक सम्पन्न गर्न सहयोग गर्ने बिभिन्न संघ संस्था र व्यक्ति बिशेषलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो । समापन कार्यक्रममा बोल्दै प्रतियोगिता संयोजक सोमलाल बोम्जनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

९ आश्विन २०७८, शनिबार २०:१३  मा प्रकाशित

Write your Comment